logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:33 AM

  • मौसम खुलेपछि मन्थली-लुक्ला उडान पुनः सुरु

    मौसम खुलेपछि मन्थली-लुक्ला उडान पुनः सुरु


    पर्यटन नेपाल

    आइतबार, १८ चैत्र २०८०


    रामेछाप । मौसम खुलेपछि मन्थली–लुक्ला उडान पुनः सुरु भएको छ । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा प्रतिकूल मौसमका कारण विमान उडाइएको थिएन ।

    लुक्लामा प्रतिकूल मौसमका कारण सीता, तारा र समिट एयरका विमान मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ थिए । सो अवधिमा निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत सोलुकै सुर्केमा पुर्‍याइएको थियो । सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो ।

    आइतबार (आज) बिहान ६ बजेदेखि मौसम खुलेका कारण उडान सुरु भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले बताए ।

    मौसम खुलेपछि बिहानैदेखि काठमाडौंबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ । लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर विमान आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईंले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend