काठमाडौँ । ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४’ आयोजना हुँदै छ ।
नेपाल पर्यटन बोर्ड, चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी, र प्रदेश खेलकुद परिषद् नेपालको आयोजनामा यो महोत्सव हुन लागेको हो ।
महोत्सवका लागि नेपाल ओभरसिज चाइनिज एसोसिएसन, लुम्बिनीस्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एसोसिएसनको सहआयोजना रहनेछ ।
लुम्बिनीलाई ‘विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्य’ को रूपमा विश्वव्यापी रूपमा प्रवर्द्धन र स्थान दिने उद्धेश्यले यो कार्यक्रम हुँदै छ ।
एक पवित्र तीर्थस्थलका रूपमा चिनिएको लुम्बिनी नेपाल घुम्न आउने पर्यटकहरूको रोजाइको गन्तव्यमध्ये पर्छ ।
शान्ति महोत्सव आगामी वैशाख ५ र ६ गते हुनेछ । दुई दिनसम्म हुने कार्यक्रम विश्व सम्पदा स्थल परिसरमा हुनेछ । दुई दिनसम्म हुने कार्यक्रम विश्व सम्पदा स्थल परिसरमा हुनेछ ।
यही अवसरमा लुम्बिनीमा शान्ति म्याराथन, योगा र लुम्बिनी शान्ति कन्सर्ट गरी तीनवटा कार्यक्रम पनि हुँदै छन् ।