काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँच पासको क्रममा शङ्कास्पद देखिने सामानको सूचीसहित नल्याउन र नपठाउन अनुरोध गरेको छ ।
कार्यालयले सूचनामार्फत विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँच पास क्रममा शङ्कास्पद देखिने सामान नल्याउन र नल्याउन भनेको हो ।
भन्सार कार्यालयले भनेको कुरा जस्ताको तस्तै :
विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नुहुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गो मार्फत आफ्नो परिवारलाई पठाउँदा Emergency light, Power bank, Iron, Hair dryer, Mixture (Grinder) र पानी तान्ने मेशिन पठाउने गरेको पाइएको छ । यस्ता सामानहरु X-Ray Machine मा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर , फुट्याएर चेकजाँच गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसबाट सेवाग्राहीलाई पुग्न गएको क्षतिप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ । तसर्थ विदेशबाट नेपाल आउँदा तथा नेपालमा रहेको परिवारलाई सामान पठाउँदा उल्लेखित सामानहरु नपठाउनुहुन र नल्याउनुहुन यस कार्यालयले सम्पूर्णमा सादर अनुरोध गर्दछ ।