logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:31 AM

  • खुल्याे नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि आवेदन

    खुल्याे नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि आवेदन


    पर्यटन नेपाल

    शनिबार, २४ चैत्र २०८०


    काठमाडौँ । नेपाल पर्यटन बोर्डकाे प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि आवेदन खुल्ला भएकाे छ ।

    लामो समयदेखि रिक्त रहेकाे सीईओ पदपूर्तिका लागि बाेर्डले शनिबार आवेदन खुलाएकाे हाे ।

    बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन माग गरेकाे छ ।

    इच्छुक प्रतिस्पर्धीले १२ दिनभित्र आवेदन दिन सक्नेछन् ।

    यस पदका लागि स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ । भने ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।

    बाेर्डकाे पूर्वसिईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोर्ड नेतृत्वविहीन भएकाे थियो । सीईओ पदको कार्यकाल ४ वर्षको हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend