काठमाडौँँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।
मंगलबार (आज) कँडेललाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कँडेलले नेकपा एमालेका ९, नेकपा माओवादी केन्द्रका १३ र नेकपा एसका १ गरी कूल २३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्षक मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।
गत बुधबार मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका थिए ।