logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   03:39 AM

  • द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने

    द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने


    पर्यटन नेपाल

    बुधबार, २८ चैत्र २०८०


    काठमाडौँ । साहसिक पर्यटकको हब ‘द क्लिफ’ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ ।

    चैत ३० गते साँझ लाइभ म्युजिक तथा ‘फायर डान्स’ गरी नयाँ वर्षलाई स्वागत गर्ने तयारी गरेको छ ।

    विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट बञ्जी आयोजना गरेको छ ।

    कम्पनीले यसअघिका नयाँ वर्षहरूमा पनि नाइट बञ्जी गराउँदै आएको थियो ।

    नयाँ वर्षको अवसरमा कम्पनीले चैत ३० र वैशाख १ क्लिफको रिसोर्टमा रूम बुकिङ गर्दा १५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । बुकिङका लागि ०६७–४२२२२९ मा सम्पर्क गर्न सकिने छ ।

    परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालनमा छ ।

    बञ्जी र स्विङसँगै विश्वकै अग्लो व्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङलगायत गतिविधि सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend