logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:31 AM

  • त्रिभुवन विमानस्थलका उडान हावाहुरीले गर्दा प्रभावित

    त्रिभुवन विमानस्थलका उडान हावाहुरीले गर्दा प्रभावित


    पर्यटन नेपाल

    बिहिबार, २९ चैत्र २०८०


    काठमाडौँ । हावाहुरीले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित भएका छन् ।

    नेपालगन्जबाट आएको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ भने, काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज पनि काठमाडौँमै फिर्ता भएकाे छ ।

    त्यस्तै बुद्ध एयर जहाज पनि सिमरा नै डाइभर्ट भएकाे छ । अन्य आन्तरिक उडानका जहाज समेत होल्डमा छन् ।

    अहिले दिल्लीबाट आएको भिस्टारा एयर, ढाकाबाट आएको विमान बंगलादेश, थाइल्यान्डबाट आएको लायन एयर ‘होल्ड’ गरिएका छन् ।

    विमानस्थलका अनुसार कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गरेकाे छ । यो जहाज पुनः काठमाडौँ अवतरण गर्ने प्रयासमा छ ।

    त्यस्तै चाइना इस्टर्नको जहाज बंगलादेशको ढाका ‘डाइभर्ट’ भएको छ । भारतको इन्डिगो एयरको जहाज नयाँदिल्ली डाइभर्ट भएको हाे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend