logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:46 AM

  • विश्वकप क्रिकेटमा अफगानिस्तानले बंगलादेशलाई दियो १५७ रनको लक्ष्य

    विश्वकप क्रिकेटमा अफगानिस्तानले बंगलादेशलाई दियो १५७ रनको लक्ष्य


    पर्यटन नेपाल

    शनिबार, २० असोज २०८०


    काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले बंगलादेशलाई १५७ रनको लक्ष्य दिएको छ ।

    धर्मशाला क्रिकेट रंगशालमा टस हारेर पहिला ब्याटिङमा तानिएको अफगानिस्तानले ३७.२ ओभरमा अलआउट हुँदै १५६ रन बनाएपछि बंगलादेशले १५७ रनको लक्ष्य पाएको हो ।

    उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाउँदा अजमतुल्लाह ओमरजाइ र इब्राहिम जद्रानले समान २२-२२ रन जोडे ।

    रहमत शाह र हसमतुल्लाह शाहिदीले पनि समान १८-१८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकले रन जोड्न सकेनन् ।

    बंगलादेशका म्हेदी हसन मिराज र सकिब अल हसनले समान तीन-तीन विकेट लिँदा शोरिफुल इस्लामले दुई तथा मुस्ताफिजुर रहमान र टस्किन अहमदले समान एक-एक विकेट लिए ।

    बंगलादेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। जारी विश्वकपमा बंगलादेश र अफगानिस्तानको यो पहिलो खेल हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend