logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:52 AM

  • बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेस्टुरेन्ट र पार्क सञ्चालन

    बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेस्टुरेन्ट र पार्क सञ्चालन


    पर्यटन नेपाल

    सोमबार, ३ बैशाख २०८१


    काठमाडौँ । बन्दीपुरमा अन्तर्राष्ट्रिय स्तरको रेस्टुरेन्ट ‘ड्राइभ इन’ र टुरिष्ट पार्क सञ्चालनमा आएको छ ।

    बन्दीपुर केवलकार चोकमा रहेको वटम स्टेशनको ५६ रोपनी क्षेत्रफलमा फैलिएको टुरिष्ट पार्क र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रेस्टुरेन्ट ‘ड्राईभ ईन’ व्यवसायिक रूपमा सञ्चालनमा आएको हो ।

    पाँच वर्षदेखि निर्माण भइरहेको पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दिपुह्लि)अन्तर्गत रहेका पार्क र रेष्टुरेन्ट वैशाख १ गतेदेखि खुलेका हुन् । साथै बन्दिपुर केवलकारको समेत विधिवत पुजापाठ गरि शुभारम्भ समेत गरिएको छ ।

    केवलकार आन्तरिक प्रयोजनको लागी प्रयोग गर्ने गरि मात्र सञ्चालनमा छ । मनमोहक टुरिष्ट पार्कमा आकर्षक गेट यो सँगै शिव मन्दिर, गणेश स्वरूप छ भने फुटपाथ माथी ३३ देवी देवताको मुर्तिहरू राखिएको छ ।

    टुरिष्ट पार्क ८६ करोड रूपैयाँ लगानीमा तयार भएको हो । बन्दीपुरमा पाँचतारे होटल नवीन टावर, स्काई डाईनिङ, फ्लाई डाईनिङ, स्काई वार, हेल्थ क्लव, ग्राउन्ड डाईनिङ, एक हजार क्षमताको बैंक्वेट हल, स्काई वाल्क, एज वाल्क, ग्लास वाक थु्र, जिप लाईन, बन्दिपुर–सिद्ध गुफा चियर लिफ्ट लगायतका साहसिक पर्यटकिय रिक्रियशनका पुर्वाधारहरू समेटेर ‘बन्दिपुह्लि ब्राण्डमा परियोजना अगाडि बढाइएको छ ।

    जसको कुल लागत ६ अर्व २९ करोड रूपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
    सबै पूर्वाधार आगामी दुईवर्ष भित्र निर्माण सम्पन्न भई सञ्चालनमा आउने समेत कम्पनीले जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend