logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   02:55 PM

  • आज यी स्थानमा हल्का वर्षा र हावाहुरीकाे सम्भावना

    आज यी स्थानमा हल्का वर्षा र हावाहुरीकाे सम्भावना


    पर्यटन नेपाल

    शुक्रबार, १४ बैशाख २०८१


    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (आज) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

    त्यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

    गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको  छ ।

    लुम्बिनी  र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend