logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:28 AM

  • सिता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण

    सिता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण


    पर्यटन नेपाल

    सोमबार, १७ बैशाख २०८१


    काठमाडौँ । रामेछाप उडेको सिता एयरको जहाज काठमाडौँमै आकस्मिक अवतरण गरिएको छ ।

    सोमबार (आज) बिहान साढे ९ बजे काठमाडौँबाट रामेछाप उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाजको २० मिनेटमै काठमाडौँ फिर्ता गरिएको हो ।

    जहाजमा ११ जना यात्रु थिए । सबै यात्रुहरू सकुशल रहेका छन् ।

    विमानको हाइड्रोलिकमा समस्या आएपछि पुनः काठमाडौँ फर्किएर आकस्मिक अवतरण गरेको हो ।

    आकस्मिक अवतरण गरेपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend