logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:53 AM

  • चीन र अमेरिका अन्तरिक्षमा को पहिलो हुने भन्ने दौडमा

    चीन र अमेरिका अन्तरिक्षमा को पहिलो हुने भन्ने दौडमा


    पर्यटन नेपाल

    बिहिबार, २७ बैशाख २०८१


    काठमाडौँ । करीब पाँच दशक पहिले अन्तरिक्षमा अमेरिका र सोभियत संघबीच प्रतिस्पर्धा चलिरहेको थियो । तर अहिले चाहिं चीन र अमेरिका अन्तरिक्षमा एकअर्काभन्दा अगाडि बढ्ने दौडमा छन् ।

    अन्तरीक्षमा बढ्दो चिनियाँ उपस्थिति र प्रभाव उसको प्रतिस्पर्धी मुलुक अमेरिकाका लागि मात्रै होइन विश्वभरकै लागि चासोको विषय छ । वास्तवमा चीनले आफ्ना महत्वाकांक्षालाई लुकाएर राखेको छैन । चीनले गत शुक्रबार चन्द्रमाको पछाडिको हिस्साका लागि मिसन लञ्च गरेको छ ।

    उक्त मिसन अन्तरगत चन्द्रमाको सुदूर हिस्साबाट चट्टानको नमूना पृथ्वीमा ल्याउने लक्ष्य चीनको छ । चन्द्रमाको सुदूर हिस्सा पृथ्वीबाट कहिल्यै पनि देखिँदैन ।

    यसका अलावा चीनले हालै तियांगोंग अन्तरीक्ष स्टेशनका लागि नयाँ अन्तरीक्ष यात्रीलाई पनि पठाएको छ । साथै चीनले अन्तरीक्षमा एउटा माछा पनि पठाएको छ । तथापि अन्तरीक्षमा माछा पठाउनु र चन्द्रमाको माटो पृथ्वीमा ल्याउनु मात्रै चीनको लक्ष्य होइन ।

    निरन्तर रुपमा अन्तरीक्षमा चीनले अगाडि बढाइरहेको कदमबाट अमेरिका झस्किइरहेको छ । गत हप्ता अमेरिकी अन्तरीक्ष संस्था नासाका प्रमुख बिल निल्सनले चीन र अमेरिका चन्द्रमामा पुग्ने दौडमा रहेको र चीनले चन्द्रमामा क्षेत्रिय दाबी पेश गर्ने खतरा रहेको बताएका थिए ।

    चीनले आफ्नो अन्तरीक्ष मिसनलाई ‘नागरिक अन्तरीक्ष कार्यक्रम’ भने पनि त्यो खासमा सैन्य कार्यक्रम रहेको जिकिर उनको छ । अन्तरीक्षमा स्याटेलाइटहरुलाई ध्वस्त पार्ने हतियारहरुको निर्माण पनि चिन्ताको विषय बनेको छ ।

    के गर्न चाहन्छ चीन ?
    टोक्यो विश्विद्यालयका प्राध्यापक काजुटो सुजुकीका अनुसार अमेरिका र चीन अन्तरीक्ष दौडमा छन् । तर यस पटकको दौड शीतयुद्धको समयमा जस्तो छैन, जहाँ को सुरुमा चन्द्रमामा पुग्ने रु भन्ने बारेमा अमेरिका र सोभियत संघबीच संघर्ष थियो ।यो पटकको लडाइँ भनेको चन्द्रमामा पानी जस्ता संशाधनहरुको खोज तथा त्यसमाथिको नियन्त्रणका लागि हो । कोसँग उत्कृष्ट प्रविधि हुने भन्ने दौड भएको प्राध्यापक काजुटो बताउँछन् ।

    यसमा चीनले तीव्र रुपमा रुपमा पकड बनाइरहेको छ । प्रविधि क्षेत्रमा चीनले गरिरहेको विकास अमेरिकाका लागि खतराको विषय हो ।

    चन्द्रमामा छैन अमेरिकी रुचि
    प्राध्यापक काजुटो भन्छन्-चीन सबैभन्दा पहिले चन्द्रमामा पुगेर त्यहाँका संशाधनमाथि कब्जा जमाउन चाहन्छ । यदि चन्द्रमाका श्रोतसाधनमाथि कुनैको नियन्त्रण भयो भने अन्तरीक्षमा अन्य खोज सहज हुनेछन् ।

    तर यसअघि नै मानिसलाई चन्द्रमामा उतारिसकेको हुँदा अमेरिकामा भने चन्द्रमाप्रति खासै रुचि छैन । चन्द्रमा मानव बसोबासका लागि योग्य नरहेको हुँदा अमेरिकाको ध्यान मंगल ग्रहमा केन्द्रित छ ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend