logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:07 AM

  • स्वास्थ्य क्षेत्रका लागि नेपालले प्राप्त गर्‍यो २ अर्ब ५१ करोड ३५ लाख

    स्वास्थ्य क्षेत्रका लागि नेपालले प्राप्त गर्‍यो २ अर्ब ५१ करोड ३५ लाख


    पर्यटन नेपाल

    बिहिबार, २७ बैशाख २०८१


    काठमाडौँ । नेपालले १ करोड ८८ लाख अमेरिकी डलर (करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ) प्राप्त गरेको छ ।

    नेपालले स्वास्थ्य क्षेत्र सुधारका लागि उक्त रकम ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत प्राप्त गरेको हो ।

    बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा ‘स्पिड’ परियोजनाको शुभारम्भ गरिएको छ ।

    नेपाल सरकारको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र एफएओको संलग्नतामा परियोजना तीन वर्ष चल्ने छ ।

    अनुदानमा आधारित यो परियोजना १७९ आवेदकबाट नेपाल पनि छनोट भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend