काठमाडौँ। गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । रविलाई उनकी श्रीमतीले वैवाहिक बलात्कारसम्बन्धी मुद्दा हालेकि थिइन् ।
ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएका हुन् । रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।
कञ्चनपुर जिल्ला अदालतले ओडमाथि साेहि दिन पक्राउ पुर्जी जारी गरेको थियो ।