logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:20 AM

  • कर्णालीको विद्मान अबस्था र बेरोजगारि समस्याको दिर्घकालिन समाधान कार्यक्रम सम्पन्न

    कर्णालीको विद्मान अबस्था र बेरोजगारि समस्याको दिर्घकालिन समाधान कार्यक्रम सम्पन्न


    पर्यटन नेपाल

    बुधबार, २ जेष्ठ २०८१


    काठमाडौँ । कर्णालीको विद्दमान अबस्था र बेरोजगारि समस्याको दिर्घकालीन समाधान बिषयक युवा मन्थन कार्यक्रम सम्पन्न भएको छ ।

    राष्टिय युवा संघ नेपालको ३५ औ स्थापना दिबसको अबसरमा राष्टिय युवासंघ नेपाल कर्णाली प्रदेश कमिटीले कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष गुलाबजङ्ग शाहले भने,‘के.पी. ओली कालजयी नेतृत्व हुन जस्ले पार्टी आफुलाई मात्र मृत्युबाट जोगाएनन राष्ट्रिय युवासंघ नेपाल र मरणासन्न अबस्थामा पुगेको पार्टीलाई समेत नयाँ जीवन दिए।’

    कार्यक्रममा युवा नेता कुमार बिक्रम शाहिले कर्णालीको विद्दमान अबस्था र बेरोजगारी समस्याको दिर्घकालिन समाधान बिषयक अबधारणा पत्र प्रस्तुत गरेका थिए ।

    अबधारणा पत्र माथि उप-प्रध्यापक माधब प्रसाद खनाल, नेता किरण किशोर सापकोटा, वाइसीएल इन्चार्ज गणेश बहादुर शाही लगायतले टिप्पणी गरेका थिए ।

    पर्यटन ब्यबसायी तथा बोटेबोरा कम्पनीका सञ्चालक बिष्णु ढकालले कर्णालीले आफुलाई छोप्ने र अरुलाई हेर्न पुरै जीवन खर्चिने गरेको बताए ।

    कर्णालीले आफुलाई उघारेर देखाउन सक्यो भने विश्व यतै ओइरिने उनले भने । उनले भने,‘मलाई कर्णालीको पर्टनको रुपरेखा कोर्न दिनुस म कर्णालीलाई समृद्दी दिनेछु ।’

    कार्यक्रम संगठनका प्रदेश अध्यक्ष जीवन बहादुर शाहीको अध्यक्षता र कार्यक्रममा बद्रि बोहोरा र पिटर चुनाराले सहजिकरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend