logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

    हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु


    पर्यटन नेपाल

    सोमबार, ७ जेष्ठ २०८१


    काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ ।

    हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको हो । उनीहरुको मृत्यु भएको समाचार संस्था रोयटर्सले पुष्टी गरेको छ । बिबिसीका अनुसार टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटनास्थल पत्ता लगाएको हो ।

    समाचार संस्था एशोशियटेड प्रेसले राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियान मृत भेटिएको उल्लेख गरेको छ । इरानी सञ्चारमाध्यमहरूले पनि राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु भएको उल्लेख गरेका छन् ।

    राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

    हार्ड ल्याण्डिङ गरेको भनिएको ठाउँबाट करिब २ किलोमिटर टाढा अजरबैजानसँग सीमा जोडिएको जोल्फा नजिकै हेलिकप्टर पूर्ण जलेको अवस्थामा भेटिएको थियो ।

    राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर खोज्न २० वटा भन्दा बढी उद्धार टोली खटिएका थिए । टर्की र रूसले पनि हेलिकप्टर खोज्नका लागि सहयोग गरेको थियो । दुर्घटनास्थल पत्ता लागेसँगै उद्धार टोली त्यसतर्फ लागेको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend