logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:33 AM

  • पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिने

    पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिने


    पर्यटन नेपाल

    मंगलबार, ८ जेष्ठ २०८१


    काठमाडौँ । पर्यटन क्षेत्रका कार्यक्रमहरू पुनर्संरचना गरिने भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

    पौडेलले पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्थापन गरी नेपाललाई प्राथमिक र आकर्षित गन्तव्यको रूपमा विकास गरिने बताए ।

    साथै राष्ट्रिय पर्यटकीय गन्तव्य प्रोफाइल तयार गरी पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिनेछ ।

    पर्यटकीय सम्भावना भएका पहाडी भू-भागमा स्थानीय स्रोतसाधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी तीनै तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्यको विकास गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend