logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • सीता एयरले ठक्कर दिँदा कर्ममचारी घाइते भएपछि……………!

    सीता एयरले ठक्कर दिँदा कर्ममचारी घाइते भएपछि……………!


    पर्यटन नेपाल

    बिहिबार, १० जेष्ठ २०८१


    काठमाडौँ । रारा विमानस्थलमा उड्न लागेको विमानले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

    बिहीबार नेपालगन्जका लागि उड्न लागेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम गम्भीर घाइते भएका हुन् ।

    भाम विमानका चालकलाई विमान उडान गर्न संकेत गरिरहेका थिए । विमान बिस्तारै गुड्दै थियो । सोही बेला चालकले बोलाएपछि विमानतर्फ जाँदै गर्दा विमानको अघिल्लो भागले उनलाई ठक्कर दिएको थियो ।

    घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend