logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:52 AM

  • १४ घन्टामा नै सगरमाथा आरोहण गरेर गोरखाकी फुञ्जोले बनाइन् कीर्तिमान

    १४ घन्टामा नै सगरमाथा आरोहण गरेर गोरखाकी फुञ्जोले बनाइन् कीर्तिमान


    पर्यटन नेपाल

    बिहिबार, १० जेष्ठ २०८१


    काठमाडौँ । फुञ्जो झाङ्मु लामाले सगरमाथाको सफल आरोहण गरेकी छन् । उनले ८८४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा १५ मिनेटमा पार गरेकी हुन् ।

    उनले सगरमाथा १४ घण्टा १५ मिनेटमा पार गरेर नयाँ रेकर्ड कायम गरेर कीर्तिमान राखेकी हुन् । गोरखामा जन्मेकी फुञ्जोले सगरमाथासँगै मनास्लु, चोओयु र आमादब्लम लगायतका चुचुरो आरोहण गरिसकेकी छिन् ।

    क्लाइम्बिङ सेभेन समिट ट्याग नेपालका अनुसार फुञ्जोले बुधबार अपराह्न ३स्५२ मिनेट जाँदा आरोहण सुरू गरेको थिइन् । बिहीबार (आज) बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण गरेकी हुन् ।

    सन् २०१८ मा फुञ्जो झाङ्मुले ३९ घण्टा ६ मिनेटमा आरोहण गरेर छिटो आरोहणको रेकर्ड कायम गरेकी थिइन् ।

    सन् २०२१ मा हङकङकी स्याङ यिन हङ (आडा)ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सब भन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रूपमा गिनिजबुकमा नाम लेखाएकी थिइन् । यो रेकर्डलाई तोडेर फुञ्जोले १४ घन्टा १५ मिनेटमै आरोहण गरेर कीर्तिमान राखेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend