logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:42 PM

  • आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, काठमाडौँमा प्रभातफेरी

    आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, काठमाडौँमा प्रभातफेरी


    पर्यटन नेपाल

    बुधबार, १६ जेष्ठ २०८१


    काठमाडौँ । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ ।

    विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको उक्त दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको हो ।

    अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । आज काठमाडौँमा प्रभातफेरी गरिएको छ ।

    नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन सगरमाथामा पहिलोपटक पाइला टेकेका थिए ।

    शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७१औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण संघ (एनएमए)को मुख्य आयोजनामा प्रभातफेरी गरिएको हो ।

    प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाका अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

    सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् सुरुआत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend