काठमाडौँ । सरकारले मंगलबार २०८१/८२ को बजेट प्रस्तुत गरेको छ । उक्त बजेटमा सरकारले पर्यटन क्षेत्रका लागि १२ अर्ब बजेट छुट्याएको छ ।
नागरिक उड्डयन पूर्वाधारको लागि ३ अर्ब ७७ करोड र पर्यटन क्षेत्रको लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको हाे ।
सरकारले दाङको चरी गाँउ, जुम्ला, विराटनगर, रोल्पाको बडाचौर, धनगढी, सुर्खेत विमानस्थल र नेपालगञ्जको विमानस्थल स्तरोन्नति गर्ने बताएको छ ।
सञ्चालनमा नरहेका बलेवा, मनि डाडा, मनाङ, रूम्जाछार, वैतडी जस्ता आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाङडिङ, स्काइडाइभिङ लगायतका स्थलको रुपमा विकास गरिने छ ।
त्यस्तै, भरतपुर विमानस्थल विस्तारको कार्य आगामी वर्ष सम्पन्न गरिने भएको छ । यसको लागि ३६ करोड विनियोजन गरिएको छ।
सरकारले पुराना बन्द आन्तरिक विमानस्थल सहासिक खेलको लागि प्रयोगमा ल्याउने भएको जनाएको छ ।