logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:42 PM

  • सिद्धार्थ हस्पिटालिटीले नेपाली क्रिकेटप्रेमीहरूका लागि विशेष अफर

    सिद्धार्थ हस्पिटालिटीले नेपाली क्रिकेटप्रेमीहरूका लागि विशेष अफर


    पर्यटन नेपाल

    मंगलबार, २२ जेष्ठ २०८१


    काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीले नेपाल र नेदरल्यान्ड बीचको क्रिकेट खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीको नाम सही अनुमान गर्ने दुई भाग्यशालीलाई एक रातको लागि निस्शुल्क रुम तथा ब्रेकफास्ट प्रदान गर्ने घोषणा गरेको छ ।

    पछिल्लो समय नेपालमा बढ्दै गएको क्रिकेटको क्रेज र नेपाली टोलीले विश्वकप खेल्न लागेको खुसियालीमा यो घोषणा गरिएको बिजनेस डेभलपमेन्ट डाइरेक्टर दुर्गादत्त पन्तले बताए ।

    यस अफरले नेपाली क्रिकेट प्रेमीहरूलाई खेलसँग अझ नजिक ल्याउने र खेलाडीहरूलाई पनि उत्साहित गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।

    अफरमा भाग लिन चाहनेहरूले खेल सुरु हुनु अगाडि आफ्नो अनुमान सिद्धार्थ हस्पिटालिटीको फेसबुक पेज तथा अन्य सोशल मिडिया पेज मार्फत पठाउन सक्नेछन् ।

    सही अनुमान गर्ने दुई जना भाग्यशालीलाई सिद्धार्थ हस्पिटालिटीको आउटलेटमा एक रातको लागि निस्शुल्क रुम तथा ब्रेकफास्टको सुविधा प्रदान गरिने पन्तले बताए ।

    सिद्धार्थ हस्पिटालिटीले आफ्ना सबै शाखाहरूमा नेपाल सहभागी हुने सबै खेलहरूमा यस्तै प्रकारको अफर राखेको जनाएको छ । साथै अन्य देशहरूको खेलमा समेत विभिन्न उपहारहरूको घोषणा गरेको छ ।

    यस अभियानको मुख्य उद्देश्य नयाँ खेलाडीहरूलाई प्रोत्साहन प्रदान गर्नुका साथै खेलप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्नु रहेको पन्तको भनाइ छ ।

    सिद्धार्थ हस्पिटालिटीले यसअघि पनि विभिन्न खेलकुद गतिविधिहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।

    आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गर्दै जाने योजना रहेको कम्पनीले जनाएकव छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend