काठमाडौँ । श्री एयरलाइन्सले एउटा ८० सिटे विमान थपेको छ ।
श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डी हाभिलैण्ड अफ क्यानडा निर्मित ८० सिट क्षमताका विमान कल साइन ‘नाइनएन एओएम’ थपेको हो ।
८० सिटको क्यु ४००(८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने बताइएको छ ।
नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु पूरा गरी उक्त विमानबाट श्री एयरलाइन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरुमा थप उडान गर्नेछ ।
सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००र७०० तथा क्यु ४००( गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ ।
श्रीले काठमाडौँ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी, पोखरा, सुर्खेत लगायत विमानस्थलमा र पर्वतीय उडानहरु गर्दै आइरहेको छ ।