logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   05:06 AM

  • टेलिकमको फोरजी सेवा माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा विस्तार

    टेलिकमको फोरजी सेवा माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा विस्तार


    पर्यटन नेपाल

    शनिबार, ९ असार २०८१


    काठमाडौँ । नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी सेवा विस्तार गरेको छ ।

    कास्कीको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा विस्तार गरिएकाे हाे ।

    उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा विस्तार गरेको हो ।

    यो टावर समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेका टेलिकमले जनाएको छ ।

    कास्कीका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटनलगायत टेलिकमको फोरजी सेवाबाट लाभान्वित हुने टेलिकमले दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend