logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   02:39 AM

  • आज यी स्थानमा भारी वर्षा, कहाँ कति मिलिमिटर वर्षा भयो ?

    आज यी स्थानमा भारी वर्षा, कहाँ कति मिलिमिटर वर्षा भयो ?


    पर्यटन नेपाल

    बुधबार, १३ असार २०८१


    काठमाडौँ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ ।

    त्यस्तै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ, भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कमला नदीमा बहाव उल्लेख्य बढ्नेछ र नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    कहाँ कति पानी पर्यो ?

    पछिल्लो एक घण्टामा सिराहाको गोलबजारमा ४७.२, ढोढनामा ५४.८ पानी परेको छ ।

    पछिल्लो २४ घण्टामा झापामा भारी वर्षा भएको छ । झापाको अनारमनीमा १२७.४ मिलिमिटर वर्षा भएको छ। उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा ९६.८, संखुवासभाको तुर्केघाटमा ९४.४, सिन्धुपाल्चोकको भोताङमा ९४.४, लमजुङको बेसीसहरमा १११, कास्कीको लामापाटनमा ११५.४ मिलिमिटर वर्षा भएको छ । त्यस्तै डडेलधुराको साहुखर्कमा ८०.६ मिलिमिटर वर्षा भएको छ ।

    449078829_122111457806355476_6104877355428931831_n

    449196172_122111457764355476_5216942611663389835_n

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend