logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:13 AM

  • यस्तो छ जहाजको भाडा दर, कहाँको कति ? सूचिसहित)

    यस्तो छ जहाजको भाडा दर, कहाँको कति ? सूचिसहित)

    हाल आन्तरिकतर्फ बुद्ध, यति, श्री र सौर्य एयरलाइन्सले विभिन्न गन्तव्यमा नियमित उडान गरिरहेका छन् ।


    पर्यटन नेपाल

    मंगलबार, २३ असोज २०८०


    काठमाडौँ । चाडपर्वका लागि हवाई टिकट बुकिङ धमाधम भइरहेका छन् ।

    हाल आन्तरिकतर्फ बुद्ध, यति, श्री र सौर्य एयरलाइन्सले विभिन्न गन्तव्यमा नियमित उडान गरिरहेका छन् ।

    काठमाडौँ–धनगढी गन्तव्यका लागि सबैभन्दा बढी भाडा रहेको छ । एयरलाइन्सका अनुसार काठमाडौँ–धनगढी भाडा दर १३ हजार ५०१ रुपैयाँदेखि १७ हजार १८६ रुपैयाँ रहेको छ।

    त्यस्तै, काठमाडौँ–सुर्खेत ९ हजारदेखि १४ हजार १६८ रुपैयाँ, काठमाडौँ–नेपालगञ्ज ६ हजार सात सयदेखि १० हजार एक, काठमाडौँ–विराटनगर पाँच हजार सात सय देखि ७ हजार दुई सय, काठमाडौँ–भैरहवा पाँच हजार १२९ रुपैयाँदेखि ७ हजार २०१ रहेको छ।

    त्यस्तै, काठमाडौँ(भद्रपुर ६ हजार ३६० देखि नौ हजार आठ सय, काठमाडौँ–जनकपुर चार हजार एक सय देखि ५ हजार ८८६ र काठमाडौँ–पोखरा चार हजार चार सयदेखि चार हजार ६ हजार ७७८ रुपैयाँसम्म रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend