logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:33 AM

  • बुद्ध एयरले थप्यो १८औं एटीआर जहाज

    बुद्ध एयरले थप्यो १८औं एटीआर जहाज


    पर्यटन नेपाल

    आइतबार, १७ असार २०८१


    काठमाडौँ । बुद्ध एयरले १८ औं एटीआर जहाज भित्र्याएको छ ।

    बुद्धले कल साइन ‘नाइनएन एनाइनजेट’ एटिआर-७२ जहाज फ्रान्सको तुलुसबाट शुक्रबार काठमाडौँ भित्र्याएको हो । यससँगै बुद्धको एटीआर-७२ जहाजको संख्या १५ पुगेको छ ।

    जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याएर साउन महिनाबाट उडान सेवामा ल्याइने कम्पनीले जनाएको छ । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप जहाज थपेको बुद्ध एयरले जनाएको छ ।

    जहाजबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना रहेको कम्पनीले जनाएको छ । हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ ।

    बुद्धसँग ३ वटा एटीआर-४२-३२० र १५ वटा एटीआर-७२-५०० जहाजहरु छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend