logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:35 AM

  • पर्यटन विकासका लागि राज्य, निजी क्षेत्र र व्यवसायीहरुबीच साझा संकल्प हुनुपर्छ : पर्यटन मन्त्री तामाङ 

    पर्यटन विकासका लागि राज्य, निजी क्षेत्र र व्यवसायीहरुबीच साझा संकल्प हुनुपर्छ : पर्यटन मन्त्री तामाङ 


    पर्यटन नेपाल

    बिहिबार, २१ असार २०८१


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले नेपालको अर्थतन्त्रको विकासमा पर्यटन क्षेत्र महत्वपूर्ण मेरुदण्ड भएको भन्दै यसको बिकासका लागि राज्य, निजी क्षेत्र र व्यवशायीहरु साझा संकल्पका साथ अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

    आज काठमाडौँमा आयोजित ८ औँ राष्ट्रिय टुरगाईड सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपालमा पर्यटन व्यवशायलाई सबै पक्ष मिलेर अघि बढेमा माथि पुर्याउन सकिने विस्वास व्यक्त गरे ।

    उनले प्रकाशशरण महतले अर्थमन्त्री हुँदा आर्थिक बर्ष ८०÷८१ मा लगाएको अतिरिक्त कर सहित विभिन्न करहरु हटाउन आफूले मन्त्री परिषद्मा ठाडो प्रस्ताव लगेको जानकारी दिँदै अर्थमन्त्रीले कर विज्ञहरुसँग छलफल गर्नु पर्ने भनेकाले पारित भने हुन बाँकी रहेको बताए ।

    पर्यटन ऐन संसोधनका लागि विधेयक पनि प्रकृयागत रुपमा अघि बढीसकेको जानकारी दिँदै यो छलफल पछि पारित हुने जानकारी दिए ।

    मन्त्री तामाङले देशमा राजनीतिक स्थीरता नभए सम्म व्यवशायीक , प्रशासनिक वा कुनै पनि क्षेत्रले गति लिन नसक्ने भन्दै दैवको लिला टार्न सकिन्न भने जस्तै सरकार फेरबदलको कुरा अघि बढीरहेकोले यसका बारेमा अहिले केही भन्न नसकिने अवस्था बनेको बताए ।

    आफले पर्यटन क्षेत्रको विकासका लागि निकै महत्व दिएको भन्दै मन्त्री तामाङले राज्यको लगानी गर्न नसकेको, सोचे जति पर्यटक भित्र्याउन नसकिएको र देशले अपेक्षित लाभ लिन पनि नसकेको भन्दै यसबारेमा गंभीर भएर अघि बढ्न उहाँले सबै पक्षलाई अपील गरे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend