logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   12:27 AM

  • ग्राण्ड फिनालेको तयारीमा नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’

    ग्राण्ड फिनालेको तयारीमा नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’


    पर्यटन नेपाल

    मंगलबार, २६ असार २०८१


    काठमाडौँ। नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहिवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ ।

    आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिस्पर्धि पहिलो फुड रियालिटी शोको पहिलो विजेता छनोट हुने जानकारी एक पत्रकार सम्मेलनबीच शेफ नेपालका परिकल्पनाकार एवं क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए ।

    ललितपुर बुङ्मतिमा रहेको नेपालकै अत्याधुनिक इनडोर अम्युजमेन्ट पार्क दि वन्डरल्याण्ड  बाँकी एपिसोडका लागि मुख्य प्रायोजकमा जोडिएको छ । शेफ नेपाल उत्कृष्ट रियालिटि शो भएकाले मनोरन्जन बिधामा हातेमालो गर्न प्रमुख प्रायोजकको रुपमा शोसँग जोडिएको दि वन्डरल्याण्डका मार्केटिङ हेड शिखर बस्नेतले बताए । त्यसैगरी बाँकी एपिसोडमा उद्घोषकको रुपमा लोकप्रिय मिडियाकर्मी रक्षा उप्रेती जोडिएकी छन् ।

    कार्यक्रमको जज (निर्णायक)मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका छन् । एक सय प्रतियोगी छनोट गरि शुरू भएको शोमा अब उत्कृष्ट आठ प्रतियोगीको प्रतिस्पर्धा हेर्न पाइनेछ ।

    खाना सँस्कृतिको धनी देश नेपालमा पहिलोपटक फुड रियालिटी सो सन्चालन हुनु निकै गर्वको कुरा रहेको र यसले नेपाली रेसिपीको प्रवर्द्धनसँगै भान्से पेसालाई अझ गर्विलो बनाएको जजहरूको भनाइ छ ।

    धर्म पिक्चर्सको ब्यानरमा निर्माण भएको कार्यक्रमको अब आउने एपिसोडहरू अझ रोमान्चक रहने बिश्वास कार्यक्रमका निर्माता एवं  धर्म पिक्चर्सका सँस्थापक धर्मराज पाण्डेको रहेको छ ।

    पछिल्लो एपिसोडहरु निर्माण गर्न कान्तिपुर टिभीको प्राविधिक सहयोग  समेत रहेको छ । कार्यक्रमको फाइनल एपिसोड कान्तिपुर टिभीमा प्रशारण भए सँगै शेफ नेपालको युट्युब च्यानलमा समेत हेर्न सकिनेछ ।

    विश्वका विभिन्न कुकिङ प्रतियोगितामा सफल भई नेपालको नाम विश्वभर फैलाएका मास्टर सेफ सन्तोष शाह मास्टर जजको भूमिकामा छन् ।

    यस्तै देशका गाउँ बेसी भ्रमण गरी विभिन्न नेपाली खाना र स्वादहरूको अध्ययन एवं प्रवर्द्धन गरिरहेका भान्से लक्ष्मण प्रसाद भण्डारी र थाइ फुडका पारङ्गत गणेश ढकाल जजको भूमिकामा छन् ।

    ढकाल रोयल थाई हस्पिटालिटी र बान थाई रेस्टुरेन्टका प्रबन्ध निर्देशक समेत हुन् । सेफ ढकालले ठिमी भक्तपुर स्थित रोयल थाई हस्पिटालिटिमा सञ्चालन गरिरहेको ब्याङ्क्वेटमा  स्टुडियो सेट निर्माण गरि कार्यक्रमको सुटिङ भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend