logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:28 AM

  • त्रिशूली नदीमा खसेका बसहरू अहिलेसम्म परेनन् फेला 

    त्रिशूली नदीमा खसेका बसहरू अहिलेसम्म परेनन् फेला 


    पर्यटन नेपाल

    शुक्रबार, २९ असार २०८१


    नारायणघाट । मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका बसहरू अहिलेसम्म फेला परेका छैनन् ।

    बसहरु बिहान २ बजेतिर खसेका हुन् ।

    केहीबेर अघि बसको पर्दा र बच्चाको कपडा मात्र फेला परे पनि बस भने भेटिएका छैनन् ।

    अहिलेलाई खोज्ने काम स्थगित गरिएको डिएसपी शैलेन्द्र थापाले बताए ।

    नदीमा पानीको बहाव तह उच्च रहेको छ । तीव्र गतिमा बहाव रहेको र धमिलो पानी भएर पनि खोजी कार्यमा समस्या आएकोले अहिलेलाई खोजी कार्य स्थगित गरिएकाे हाे ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहानैदेखि डुंगामार्फत् खोजी गरिरहेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend