काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फसेको बुद्ध एयरको जहाज निकालिएको छ ।
काठमाडाैँबाट भैरहवा पुगेको बुद्ध एयरको उडान ८०५ काे नाइनएन-एओसीकाे जहाजलाई प्राविधिक टोलीले सफलतापूर्वक निकालेको हाे ।
९:३ बजे भैरहवा विमानस्थलमा अवतरण गरेको जहाज धावनमार्गको आधामा पुगेपछि अधिक वर्षा हुँदा ‘हाइड्रोप्लानिङ’ का कारण जहाज चिप्लिन पुगेको बुद्ध एयरले जनाएको छ ।
जहाज धावनमार्गमा चिप्लिएपछि पाइलटले एटीसीलाई जानकारी गराएका थिए । त्यसपछि यात्रुलाई सुरक्षित रूपमा झारिएको थियो ।
जहाजलाई प्राविधिकले साँझ ६ बजे धावनमार्गबाट निकालिसकेकाे छ । यस्तो घटना विरलै हुने कम्पनीको भनाइ छ ।