logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:28 AM

  • बढ्यो पेट्रोल र डिजेलको मृल्य

    बढ्यो पेट्रोल र डिजेलको मृल्य


    पर्यटन नेपाल

    सोमबार, ३२ असार २०८१


    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

    सोमबार (आज) बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

    सो मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ । पेट्रोलको मूल्य सुर्खेत र दाङमा १७० र काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १७१ पुगेको छ ।

    त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ ।

    डिजेल र मट्टितेलको मूल्य सुर्खेत र दाङ वरपर १५९ र काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ ।

    त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend