काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जहाज दुर्घटनामा बारे ब्रिफिङ लिएका छन् ।
बुधबार (आज) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साैर्य एयरलाइन्सको जहाज दुर्घटना भएकाे थियाे । समेहि दुर्घटनाकाे बारेमा प्रधानमन्त्री ओलीले ब्रिफिङ लिएका हुन् ।
प्रधानमन्त्री ओलीले जहाज दुर्घटनाबारे नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग ब्रिफिङ लिईरहेका छन् ।
जहाज दुर्घटनास्थल अवलोकन गर्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुगेका थिए ।
जहाज दुर्घटनाबारे निर्णय लिन आजै आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठकले छानबिन समिति गठन गर्ने तयारी छ ।