logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:33 AM

  • अष्ट्रेलियाकी पर्वतारोही पेपरद्वारा बिना अक्सिजन माउन्ट केटुको सफल आरोहण

    अष्ट्रेलियाकी पर्वतारोही पेपरद्वारा बिना अक्सिजन माउन्ट केटुको सफल आरोहण


    पर्यटन नेपाल

    मंगलबार, १५ साउन २०८१


    काठमाडौँ । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले माउन्ट केटुको बिना अक्सिजन सफल आरोहण गरेकी छन् ।

    उनले हिजो (सोमबार) विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहणकी हुन् ।

    उनले शेर्पा गाइड मिकेल शेर्पासगँ उक्त हिमालको सफल आरोहण गरेका हुन् । उक्त हिमालको सफल आरोहणसंगै उनले विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये अब १० वटा मात्र आरोहण गर्न बाँकी रहेको छ ।

    उनले यसअघि शेर्पा गाइड मिकेल शेर्पा र निमा शेर्पासगँ अन्नपूर्ण-१ र मकालु हिमालको सफल आरोहण गरेकी थिइन् । पेपर दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्यमा छिन् ।

    उनले सेभेन समिट ट्रेक्स कम्पनी मार्फत उक्त हिमालहरु आरोहण गरिरहेकी छन् ।

    सन् २००७ मा माउन्ट चोयु हिमाल चीन तर्फबाट बिना अक्सिजन हिमाल आरोहण गर्दै पेपरले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गर्न सुरुवात गरेकी थिइन् ।

    यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend