काठमाडौँ । प्रकृति, संस्कृति र साहसिक पर्यटन (नेचर, कल्चर र एडभेन्चर) का लागि प्रसिद्ध नेपाललाई गल्फ पर्यटनको लागि विकास गर्न सकिनेमा विज्ञहरूको जोड दिएका छन् ।
काठमाण्डौँको गोकर्णमा नेपालसँग मैत्रीपूर्ण गल्फ खेल्न गत हप्ता नेपाल आएका बङ्गलादेशको टाइगर गल्फ क्वल अफ बङ्गलादेशका सदस्यहरूको स्वागतमा नेपाल पर्यटन बोडले आयोजना गरेको स्वागत कार्यक्रममा उनीहरूले नेपालको हावापानी तथा प्राकृतिक सुन्दरताको मजा लिँदै नेपालमा गल्फ खेल्नुको छुट्टै आनन्द बेग्लै रहेको अनुभव साट्दै नेपाललाई गल्फ पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।
कार्यक्रममा बोल्दै नेपालका लागि बङ्गलादेशका राजदूत सल्लाहउद्धिन नोमन चौधरीले नेपाल बङ्गलादेशी नागरिकका लागि रुचिको गन्तव्य भएको उल्लेख गर्दै दुई देशबीच पर्यटनको विकास लागि सहकार्य गर्न सकिने बताए ।
नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत हेरूँ हार्तान्तो सुबोलाले नेपाल र गणतन्त्र इन्डोनेशियाबिच सुमधुर कूटनैतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुईदेशबीच पर्यटन, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्धका विषयमा सहकार्यको पर्याप्त सम्भावना रहको बताए ।
अतिथिहरूलाई स्वागत गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले गत महिना नेपाल आउने पर्यटकहरू मध्य बंगालादेशी पर्यटकको सङ्ख्या चौथो स्थानमा नम्बरमा रहेको जानकारी दिँदै पछिल्लो समय नेपाल आउने बङ्गलादेशी पर्यटकको सङ्ख्या बढ्दै गएको बताए ।
बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बङ्गलादेशको टाइगर गल्फ कल्बले नेपाललाई गल्फका लागि चयन गरेर काठमाडौँ आएकोमा आभार व्यक्त गर्दै अतिथीहलाई नेपालको समग्र पर्यटनका बारेमा जानकारी दिए ।
टाइगर गल्फ क्वल अफ बङ्गलादेशको टिमले काठमाण्डौँको गोकर्णमा मैत्रीपूर्ण गल्फ खेलेर फकिएको छ ।