logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • नुवाकोटमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु, पोस्टमर्टमका लागि काठमाडौँ पठाउँदै 

    नुवाकोटमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु, पोस्टमर्टमका लागि काठमाडौँ पठाउँदै 


    पर्यटन नेपाल

    बुधबार, २३ साउन २०८१


    काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिकामा  हेलिकप्टर दुर्घटना भएकाे छ ।

    उक्त गाउँपालिकाकाे सूर्यचौरमा बुधबार दिउँसो हेलिकप्टर दुर्घटना भएकाे हाे । साे दुर्घटनामा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ ।

    काठमाडौँबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

    Oplus_131072

    यो हेलिकप्टर काठमाडौँबाट १:५४ बजे उडेको थियो । उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।

    हेलिकप्टर २:२० बजे दुर्घटना भएको अनुमान गरिएको छ । घटनास्थलमा पाँच जनाको शव प्रहरीले फेला परेको छ ।

    चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ । जसमध्ये दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव फेला परेकाे हाे । तर फेला परेकाे शब जलेकाे कारण पहिचान भने हुँन सकेकाे छैन् ।

    हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए । हेलिकप्टरमा चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सी रहेको थिए ।

    अहिले  शव पोस्टमर्टमका लागि काठमाडौँकाे त्रिवि शिक्षण अस्पताल पठाउँने तयारूि भईरहेकाे छ ।

    Oplus_131072

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend