logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना, पाइलटको घटनास्थलमै मृत्यु

    अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना, पाइलटको घटनास्थलमै मृत्यु


    पर्यटन नेपाल

    सोमबार, २८ साउन २०८१


    काठमाडौँ । अष्ट्रेलियामा होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको छ ।

    अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किदा पाइलटको मृत्यु भएको हो ।

    हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ ।

    हेलिकप्टर ठोक्किएपछि बम पड्किएको जस्तो ठूलो आवाज आएको थियो ।

    हेलिकप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend