काठमाडौँ । भक्तपुरकाे गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालककाे मृत्यु भएकाे छ ।
ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।
ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो ।
अहिले प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ । हाल गठ्ठाघरको अवस्था तनावग्रस्त छ ।
अहिले सवारी आवागमन प्रभावित भएको छ ।