logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:31 AM

  • नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकको मस्यौदा तयार

    नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकको मस्यौदा तयार


    पर्यटन नेपाल

    बिहिबार, ३१ साउन २०८१


    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयकको मस्यौदा तयार भएकाे छ ।

    बिहिवार (आज) सिंहदरवारमा भएको वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनसम्बन्धी छलफलमा क्यान विभाजनसम्बन्धी विधेयक अर्थ मन्त्रालयमा सहमतिका लागि पठाईएकाे हाे ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले क्यान विभाजन विधेयकको मस्यौदा तयार गरिएको बताए ।

    उनले भने, ‘मन्त्रालयले क्यानलाई अलग बनाउने कानुनका मस्यौदा अगाडि बढाएको हो । क्यान विभाजनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेस नभई निष्क्रिय भएको थियो ।’

    पर्यटन मन्त्रालयले संस्कृति नीति तयार गरेको छ । चालु आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाइएकाे सचिव पाण्डेले बताए ।

    अघिल्लो आर्थिक वर्ष १० लाख १४ हजार आठ सय ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

    नेपालमा पर्यटकको औसत बसाई १३ दिन रहेकाे छ । जसमा १३ दशमलव ५ पुर्‍याउने लक्ष्य रहेको सचिव पाण्डेले बताए ।

    क्यानलाई हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन बेग्लाबेग्लै संरचनाबाट गर्न ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले विसं २०७६ फागुन ११ गते राष्ट्रिय सभामा दर्ता गराएका थिए। विसं २०७८ साउन १८ गते राष्ट्रिय सभाबाट पारित उक्त विधेयक विसं २०७९ असोज १ मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend