काठमाडौँ । मौसम खराबीका कारण बुद्ध एयरकाे विमान डाइभर्ट भएकाे छ ।
बुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौँका लागि उडे पनि खराब माैसमका कारण २० मिनेट आकाशमा घुमेर भैरहवा ल्याण्ड भएको हाे ।
विमान पोखराबाट ७२ जना यात्रु लिएर काठमाडौँ उडेको थियने ।
विमान बिहान साढे ७:२५ मा उड्ने तय भए पनि ९:१५ बजे मात्र काठमाडौँ उडेको थियो ।
यात्रुहरु भैरहवा विमानस्थलमा बसिरहेकम छन् । अब उम्त विमान माैसम खुलेपछि काठमाडौँ उड्ने छ ।