logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:08 AM

  • हमास आक्रमण : सरकारद्वारा इजरायलबाट २५४ नेपाली विद्यार्थीको उद्धार

    हमास आक्रमण : सरकारद्वारा इजरायलबाट २५४ नेपाली विद्यार्थीको उद्धार

    इजरायलमा रहेका घाइते साथीलाई साथ दिन र बेपत्ताको खोजी गरिदिन सरकारसँग विद्यार्थीको आग्रह


    पर्यटन नेपाल

    शुक्रबार, २६ असोज २०८०


    काठमाडौँ । इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ ।

    कार्गो र इन्धनका लागि साँझ करिब ८ बजे दुबई ल्यान्ड गरेको विमान राति ११ बजे काठमाडौँका लागि प्रस्थान गरेको थियो । तेलअभिभस्थित नेपाली दूतावासका अनुसार इजरायलमा रहेका विद्यार्थीलाई उद्धार गरी ल्याइएको हो ।

    इजरायलको तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट (नेपाली समय साँझ ५ बजेर १७ मिनेट) मा उडेको थियो ।

    विद्यार्थी लिन सरकारले परराष्ट्र मन्त्री एसपी साउदलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान पठाएको थियो । आरए २२९–२३५३ को विमान बिहान ४ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो ।

    उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी छन् । सुदूरपश्चिमबाट गएका ४९ विद्यार्थीमध्ये १० जनाले हमासको आक्रमणमा परी ज्यान गुमाएका छन् ।

    विपिन जोशी अझै बेपत्ता छन् भने आक्रमणमा परी घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको इजरायलमै उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend