logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   02:55 PM

  • आज यी स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षा हुने

    आज यी स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षा हुने


    पर्यटन नेपाल

    शुक्रबार, ७ भाद्र २०८१


    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अर्थात् नेपालनजिक अवस्थित रहेको छ ।

    आज देशभर आंशिकदेखि साधारणतया बदली रहेकाे छ ।  कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बदली रही सबै प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ ।

    त्यस्तै कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षासमेत भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend