logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:31 AM

  • शेफ नेपालका बिजेताहरूलाई अष्ट्रेलियन राजदूतले दिए बधाई

    शेफ नेपालका बिजेताहरूलाई अष्ट्रेलियन राजदूतले दिए बधाई


    पर्यटन नेपाल

    शनिबार, ८ भाद्र २०८१


    काठमाडौँ । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भक्सले शेफ नेपालको टिम र विजेताहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

    राजदूत भक्सले नेपालमा आफ्नो कार्यकालको अन्तिम दिन शेफ नेपाल टिमलाई भेटी बिजेता तथा उप(बिजेताहरुलाई शुभ(कामना दिएका हुन् ।

    कान्तिपुर टिभीबाट प्रसारण भएको नेपालको पहिलो फुड रियालिटी शो शेफ नेपालको सिजन एक केही समय अघि मात्र समाप्त भएको थियो ।

    लामो समय लगाएर सकिएको शोले अहिले बिजेता तथा उप(बिजेता पाएको छ ।

    नेपालको पहिलो फुड रियलिटी शोको पहिलो बिजेता बनेका उदयपुरका आजुइहङ राइ भने राजदूतसँगको भेटमा उपस्थिति थिएनन् ।

    राजदूतसँगको भेटमा शेफ नेपाल टिभी शो को पहिलो रनरअप बिकेश मानन्धर र दोस्रो रनर(अप इङ्वा सुब्बा सहित शेफ नेपालका निर्माता धर्मराज पाण्डे उपस्थित थिए ।

    राजदूत भक्सले सेफ नेपालको रियालिटी शोमा विजेता तथा उपविजेता बन्नु निकै राम्रो कुरा भएको बताएका थिए । उनले उपविजेताहरुको उज्ज्वल भविष्यको समेत कामना गरे ।

    शोको १४ औं भागमा आफू गेष्टको रुपमा आउँदा खुशी लागेको र त्यो अनुभव अत्यन्तै रोमान्चक रहेको भक्सले सुनाए ।

    शेफ नेपालको विजेता तथा उपविजेताहरूलाई समेटेर कुकिङ शोको तयारी गरिरहेको राजदूत भक्सलाई निर्माता पाण्डेले जानकारी गराए ।

    राजदूत भक्स आफ्नो कार्यकाल सकेर आगामी सोमबार अष्ट्रेलिया फर्कँदै छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend