logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:27 AM

  • एमच्याममा बिपद ब्यवस्थापन बारे कार्यशाला

    एमच्याममा बिपद ब्यवस्थापन बारे कार्यशाला


    पर्यटन नेपाल

    मंगलबार, ११ भाद्र २०८१


    काठमाडौँ । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले बिपद ब्यवस्थापनका बिषयमा एकदिने कार्यशाला सम्पन्न गरेको छ ।

    कार्यक्रममा डिएआईको नेपाल प्रतिनिधि निलु बस्न्यातले नेपालमा विपतका कारण ठूलो धनजनको क्षति भइरहेकाले रोकथाम र न्यनिकरणका लागि थप स्रोत र साधनको परिचालन गर्नुपर्नेमा जोड दिइन् ।

    कार्यक्रममा डा। गोपाल तिवारीले युएसएआईडीले नेपालमा सञ्चालन गर्दै आएको तयार नेपाल परियोजनामा निजी क्षेत्रको योगदानबारे चर्चा गरे । परियोजनाले उद्यमशीलताका लागि अवसर सिर्जना गरेको तिवारीले जानकारी दिए । परियोजनामार्फत ३५ भन्दाबढी व्यवसाय विस्तार भइसकेको छ, भने युएसएआईडीले उनीहरूलाई आवश्यक अन्य सहयोग समेत गरिरहेको छ ।

    हरित व्यवसायलाई प्रवर्द्धन गर्दै आएको परियोजनाले करिब ७ सय जनालाई व्यवसाय निरन्तरता व्यवस्थापन तालिम समेत दिएको तिवारीले बताए ।

    विपत् व्यवस्थापन र न्युनीकरणको आवश्यकताबारे प्रस्तुतीकरण दिएका सुमन शाक्यले परियोजनापश्चात् स्थानीयमा आएको परिवर्तन बारे जानकारी दिए ।

    डिएआई सन् २०१६ देखि नेपालमा सञ्चालनमा रही विभिन्न परियाजनाहरू मार्फत दिगो विकासका लक्ष्यहरूमा टेवा पुर्याउदै आएको छ । संस्थाले नेपालसहित विभिन्न १ सय ५० भन्दाबढी मुलुकमा विपत् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

    एमच्याम नेपालमा अमेरिकी लगानीका ५० भन्दाबढी व्यवसायिक संस्था आवद्ध छन् । स्थापनाको २ वर्षमै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आवद्धता पाइसकेको छ । पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित संस्थाले नेपालका लागि वैदेशिक लगानी भित्राइ दुई देशबीचको व्यापारमा टेवा पुर्‍याउँदै आइरहेको छ ।

    एमच्यामले आफ्ना सदस्य संस्थाहरूसँग गर्ने नियमित कार्यक्रम मेम्बर लर्निङ सिरिजु अन्तर्गत उक्त कार्यक्रमको १२ औं सँस्करण डिएआईसँगको सहकार्यमा सम्पन्न गरेको हो ।

    कार्यक्रमको बोल्दै एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले मेम्बर लर्निङ सिरिज र एक्पर्स्ट लर्निङ सिरिज अमेरिकाको काम गर्ने संस्कृतिलाई नेपालमा रूपान्तरण गर्ने उत्तम तरिका भएको बताए ।

    एमच्याम नेपालका अमिर थापाले कार्यक्रममार्फत अमेरिकी लगानी, प्रविधि र प्रतिभाको रूपान्तरणमा एमच्याम नेपालको योगदानबारे चर्चा गरे ।

    एमच्यामको सदस्य कम्पनी डिएआईले नेपालमा विपत् रोकथाम पूर्वतयारी, स्थानीयलाई आवस्यक तालिम, नीति निर्माण, जोखिम बीमा, जलवायु परिवर्तन सम्बन्धी सचेतना लगायतका कार्य गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend