logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • कर्णाली प्रदेशका मुख्यमन्त्री चढेकाे हेलिकप्टर आकस्मिक अवतरण

    कर्णाली प्रदेशका मुख्यमन्त्री चढेकाे हेलिकप्टर आकस्मिक अवतरण


    पर्यटन नेपाल

    आइतबार, १६ भाद्र २०८१


    रुकुमपश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण भएकाे छ

    आइतबार दिउँसो ३:२५ बजे आठबिसकोट नगरपालिका ९ राडिस्थित रंगशालामा हेलिकोप्टर आकस्मिक अवतरण भएको हो ।

    डोल्पाबाट सुर्खेतका लागि उडेको सिम्रिक एयरको (कलसाईन नाईन एन-एकेडी) हेलिकोप्टर खराब मौसमका कारण आकस्मिक अवतरण भएको हो ।

    उक्त हेलिकप्टर रुकुम पश्चिमको आठबिसकोटमा अवतरण भएको छ ।

    उक्त हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलसहित पाँच जना रहेको बताइएको छ । हेलिकप्टरमा मुख्यमन्त्री कँडेलका श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाय, सुरक्षा गार्ड र चालक सवार थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend