काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे भारत प्रस्थान गरेका छन् ।
मन्त्री पाण्डे मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका हुन् ।
बुधबारबाट नयाँ दिल्लीमा सुरू हुने एसिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । उक्त सम्मेलनमा करिब ४१ देशका २५० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।
एसिया प्रशान्त क्षेत्रमा नागरिक उड्डयनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको बिहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।