logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:28 AM

  • १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरको १६ वर्षपछि बिदाइ

    १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरको १६ वर्षपछि बिदाइ


    पर्यटन नेपाल

    मंगलबार, २५ भाद्र २०८१


    काठमाडौँ । बुद्ध एयरले आफ्नो ‘एटिआर ४२ नाइन एन-एआइन’ जहाज बिदाइ गरेको छ ।

    बुद्दले १६ वर्षदेखि उडाइरहेको उक्त बिमानले जहाज ७० हजार उडान साइकल पूरा गरेपछि मंगलबार बिदाई गरेको हो ।

    १६ वर्षको अवधिमा यो जहाजले ४४ हजार ४७७ पटक उडान गरेको छ भने १८ लाख यात्रुलाइ सेवा दिएको छ ।

    सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटमार्फत उक्त जहाजले व्यावसायिक उडान थालेको थियो । नेपालमा यो जहाजको अन्तिम उडान पनि माउन्टेन उडान नै भएको छ ।

    नाइन एन-एआइएनले आज मंगलबार काठमाडौँबाट अन्तिम माउन्टेन फ्लाइट गरेको छ । माउन्टेन उडानमा एटिआर कम्पनीका प्रतिनिधिहरू र केही गेस्टसमेत रहेका थिए ।

    यो जहाजले नेपाल आउनुभन्दा अगाडि ३० हजार साइकल उडान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend