logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:36 PM

  • बाराही हस्पिटालिटी अन्तर्गतका चार होटललाई  साउथ एसियन ट्राभल अवार्ड

    बाराही हस्पिटालिटी अन्तर्गतका चार होटललाई  साउथ एसियन ट्राभल अवार्ड


    पर्यटन नेपाल

    सोमबार, ७ असोज २०८१


    काठमाडौँ । बाराही हस्पिटालिटी अन्तर्गतका विभिन्न चार होटलले  साउथ एसियन ट्राभल अवार्ड्स (साटा)     प्राप्त गरेका छन्   ।

    गत बर्षबाट सन्चालनमा आएको काठमाडौंको ठमेलमा रहेको चार तारे स्तरको होटल बाराही काठमाडौंले दक्षिण एसियाकै उत्कृष्ट नयाँ होटलको रुपमा गोल्ड अवार्ड पाएको छ ।

    यस्तै पोखराको ‘नेचुरल भ्यु पोइन्ट’ सारङकोटको डाँडामा रहेको सारङकोट माउन्टेन लजले मस्ट रोमान्टिक रिसोर्टको अवार्ड प्राप्त गरेको छ ।

    माछापुच्छ्रेको छाँयाले डुबुल्की मार्ने रुफटप स्विमिङ पुल, हिमशृङ्खला र सुर्योदय हेर्दै रमाउन सकिने बाथटब, सितल मौसम र उत्कृष्ट आतिथ्यताले  सारङकोट माउन्टेन लज प्रसिद्ध छ ।

    निकुञ्ज भित्रका होटलको झल्को दिने पर्यावरण मैत्री बाराही जंगल लजले लिडिङ वाइल्डलाइफ रिसोर्टको अवार्ड प्राप्त गरेको छ । चितवनको मेघौलीमा रहेको सो लज ‘लिजर टुरिजम’का लागि उत्कृष्ट गन्तव्य हो ।

    यस्तै पोखराको नौ नम्बर स्ट्रीटमा रहेको होटल ‘आवास पोखरा’ले ४० भन्दा कम रुमको लिडिङ सिटी होटलको अवार्ड पाएको छ ।

    रुफटप बार, इन्फिनिटी स्विमिङपुल सहितको यो होटल बजेट फ्रेन्ड्ली ग्राहकको रोजाइमा पर्ने गरेको छ ।

    हस्पिटालिटिको उत्कृष्ट अभ्यास गर्ने आफ्ना कर्मचारीहरुको  कारण अवार्ड प्राप्त गर्न सफल भएको हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए ।

    साटाका संस्करणहरु दक्षिण एसियाका विभिन्न सहरमा आयोजना गरिंदै आइएको छ ।  यसपटकको ८औं संस्करण होटल एसोसिएसन नेपाल (हान)को सहकार्यमा नेपालमा सम्पन्न भएको हो ।

    दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ ।

    कार्यक्रममा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend