गोरखा । उत्तरी गोरखाको साम्दोमा हिमपातका कारण पर्यटकहरू राेकिएका छन् ।
शुक्रवार रातिदेखि परेकाे हिमपातका कारण स्थानीयको जनजीवन समेत प्रभावित बनेको छ ।
हिमपात भएसँगै लार्के पासका लागि गएका पर्यटकहरु साम्दोमै रोकिएका छन् ।
आधा फिटदेखि एक फिटसम्म परेको हिउँले पदमार्ग नै ढाकेको छ । हिउँ पर्ने मौसम सुरु हुनु अगावै असोजमा हिउँ परेको यो पहिलो पटक हो ।
सशस्त्र प्रहरीकाे टाेलीले हिउँ पन्छाउदै छ । हिमपातसँगै चिसो बढेकाले स्थानीयहरु घर भित्रै आगो तापेर बसेका छन् ।