logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:33 AM

  • घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य, कहाँको मुल्य कति ?

    घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य, कहाँको मुल्य कति ?


    पर्यटन नेपाल

    सोमबार, १४ असोज २०८१


    काठमाडौँ । पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटेको छ ।

    नेपाल आयल निगमको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजृल र मट्टीतेलको मुुल्य घटाउने निर्णय गरेको हो ।

    पेट्रोल प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटेको हो ।

    काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।

    सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ रुपैया कायम भएको छ भने अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend